रवीन्द्र मिश्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपालसहितलाई २४ घण्टाभित्र रिहा गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई रिहा गर्न माग गरेका हुन् ।
उक्त समयभित्र उनीहरुलाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने उनले जानकारी दिए । सरकारकै कारण शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक बनेको उनले बताए ।