मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

रामनगर गाउँपालिका

आलु

दसैँ

मेयरसाप

खोटेहाङ गाउँपालिका

राजतन्त्र फर्किने सम्भावना छैन, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : गृहमन्त्री लेखक

Mayorsap

बिही, फागुन २२, २०८१ | १८:४० बजे

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।

 

“देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडी होइन् अगाडी बढ्ने हो”, उनले भने । 

 

गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताए । “संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ”, उनले भने । समाज र विज्ञान कहिल्यै पछाडी नफर्किने उनको भनाई थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology