प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
Mayorsap
शुक्र, फागुन २३, २०८१ | ०९:२९ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ भने व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
