Ad Image

चन्द्रागिरीको प्लाष्टिक कारखानामा आगलागी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741327546.jpg

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँस्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिएर सोही स्थानका पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारले सञ्चालन गरेको आर.एम. बि प्लाष्टिक प्याकेजिङ हाउसमा गएराति १:२० बजे आगलागी भएको थियो।


मध्यरातमा लागेको आगो बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । आगो निभाउनका लागि ७ वटा दमकल र १५ वटा पानी ट्यांकर पठाइएको थियो।


चन्द्रागिरि नगरपालिका, विशाल बजार वारूण यन्त्र, बालाजुको बारूण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बुढानीलकण्ठबाट दमकल बोलाइएको थियो ।


आगो निभाउन नेपाल प्रहरीका ३२ जना, सशस्त्र प्रहरीका १० जना स्थानीय परिचालित भएका थिए ।


सात वटा दमकलबाट पाँच घन्टामा आगो नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए । आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।