मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

औद्योगिक ग्राम

हाटबजार

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

सीप

स्वास्थ्य क्लिनिक

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

Mayorsap

शुक्र, फागुन २३, २०८१ | २२:३९ बजे

डीबी विष्ट/बझाङ । गृहमन्त्री रमेश लेखकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्ने बारे कुनै योजना नरहेको बताएका छन् । फागुन २५ गते राप्रपाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्व राजालाई स्वागत गर्ने कार्यक्रम राखेको र त्यसअगावै ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्ने चर्चाबारे प्रष्ट पार्दै उनले त्यसबारे केही नसोचेको बताएका हुन् । 

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रका विरुद्धमा षडयन्त्र गर्ने कोसिस भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।   

 

‘गणतन्त्रको विकल्पको रुपमा राजतन्त्र हुन सक्दैन । उनले भने, ‘यो भ्रममा पूर्व राजा लगायत कसैले पनि नबसे हुन्छ । उनले समाज अगाडि बढीसकेपछि पछाडि फर्किन नसक्ने बताए । ‘लोकतन्त्र, गणतन्त्र र संघीयतामा गइसकेको समाज अब फर्केर कुनै पनि निरंकुशतातिर जाँदैन । 

 

समावेशी चरित्रको राज्य व्यवस्थाका विरुद्धमा षडयन्त्र गर्ने प्रयत्न भइरहेको बताउँदै उनले ती षडयन्त्र कुनै हालतमा सफल नहुने दाबी गरे । उनले राजतन्त्रको पक्षमा जनलहर छ भनेर भ्रम फैलाउन खोजिएको बताउँदै त्यस्तो नभएको बताए । ‘यो व्यवस्थाका विरुद्धमा षडयन्त्र हुन सक्छन् । तर राजतन्त्रको पक्षमा जनलहर छ भन्ने कुरा साँचो नभएको उनले बताए ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology