महिला टी–२० आई शृङ्खलाः नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य
Mayorsap
शनि, फागुन २४, २०८१ | १९:०३ बजे

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो ।
नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् । त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३र३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।