Ad Image

मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741504728.jpg

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।


पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।