युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
Mayorsap
आइत, फागुन २५, २०८१ | १५:४५ बजे

काठमाडौँ । युगान्डाले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ ।
युगान्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगान्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७६ रन बनाएको हो ।
युगाण्डाका लागि इमाकुलेट नाकिसुयीले सर्बाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलरपुजा महतोले ३ र इन्दु बर्माले २ विकेट लिएकी थिइन् ।
शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।