मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

मनहरी गाउँपालिका

‘बुक फ्री फाइडे’

पाटन नगरपालिका

खजुरा गाउँपालिका

ललितपुर महानगरपालिका

मेचीनगर गोल्डकप : चर्च ब्वाइजलाई पराजित गर्दै मच्छिन्द्र सेमीफाइनलमा

Mayorsap

मंगल, फागुन २७, २०८१ | २०:५९ बजे

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपको आज खेलमा चर्च ब्वाइज युनाइनेटलाई १–० ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लव सेमीफाइनल प्रवेश गरेको छ । मच्छिन्द्रका लागि विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरू गुमाएपछि परिचित प्रतिद्वन्द्वी एपीएफसँग सङ्घर्षपूर्ण जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।

 

एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रदर्शन हुन नसकेको बताए । खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भएसँगै नगद रु ११ हजार पुरस्कारस्वरूप पाएका छन् । बुधबार हुने पहिलो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद रु २५ हजार र ट्रफी पाउने छन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology