मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

सडक

सीप

काठमाडौं दरबार क्षेत्र

महाङ्काल गाउँपालिका

छत्रकोट गाउँपालिका

अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता शुरु

Mayorsap

मंगल, फागुन २७, २०८१ | २१:२७ बजे

काठमाडौं । साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता शुरु भएको छ । वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।

 

येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरुले सुरक्षा ग्यारेन्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बिबिसीले उल्लेख गरेको छ । साथै रुससँग युद्ध विराम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।

 

यस अघि फेब्रुअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology