मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

पैयूँ गाउँपालिका

विश्व सम्पदा

न्यायिक समिति

स्काइ–वाक टावर

मेलमिलाप केन्द्र

युवतीले तनाव दिएको भन्दै चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

Mayorsap

बुध, फागुन २८, २०८१ | ०९:३५ बजे

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । गएराति साढे १२ बजेतिर चन्द्रागिरि नगरपालिका–७ घर भएका उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।  घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो । उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले जानकारी दिए । उनको हात र अनुहार जलेको छ ।

 

उनले फेसबुक लाइभमा स्थानीय एकजना महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई पटक–पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’  उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

 

आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एकजना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्‍याएको कार्कीले बताएका छन् । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’ ती युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उनले बताएका छन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology