मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

कमलबजार नगरपालिका

जानकी गाउँपालिका

बारेकोट गाउँपालिका

भजनी नगरपालिका

मध्यविन्दु नगरपालिका

काठमाडौं महानगरपालिकामा लफडाः प्रमुख प्रशासकीय अधिकृत छिर्न खोज्दा मेयर बालेनले परिचालन गरे नगर प्रहरी

प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह

Mayorsap

शुक्र, चैत २२, २०८१ | १२:४४ बजे

काठमाडौं । गएको तीन महिनादेखि तलब नपाएका कर्मचारीहरुलाई तलब उपलब्ध गराउनेभन्दा कार्यालय सम्हाल्न काठमाडौं महानगरपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई मेयर बोलेन्द्र साहले नगर प्रहरी परिचालन गरेर कार्यालयभित्र प्रवेश गर्न रोकेका छन् ।

 

मेयर बालेन्द्र साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी उतारेका छन भने उपमेयर सुनिता डंगोल भने गुरागाईँको स्वागतका लागि तयार भएर बसेकी छिन् ।

 

गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको छ । उपमेयर डंगोलसहित कर्मचारीहरूले मेयर साहको आदेशमा लगाएको ताला फोडने प्रयास गरे ।
 

मेयर बालेनले काठमाडौं टावर निर्माणको विषयलाई लिएर गएको तीन महिनाअघिदेखि नै प्रमुख प्रशासकीय गुरागाईँलाई कार्यालय छिर्न बन्देज लगाएका थिए । त्यसपछि मेयर बालेनले गुरागाईँको विषयमा छानबिन समिति बनाएर अनुसन्धान अगाडि बढाएका थिए । तर अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन् ।

 

आज बिहीवार गुरागाईँ महानगरको कार्यालयमा जिम्मेवारी सम्हाल्नेगरी छिर्न खोजेका थिए । तर बालेनले गुरागाईँ आएको जानकारी पाएपछि नगर प्रहरी तैनाथ गरी गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । महानगरमा कार्यरत कर्मचारीहरुसमेत गुरागाईँलाई कार्यालय प्रवेशमा सहयोग गर्न आएको देखिन्थ्यो । तर नगर प्रहरीले उनीहरुलाई कार्यालय प्रवेशमा रोक लगाए ।

 

केही कर्मचारीहरुले मेयर बालेनले समस्या पनि समाधान नगरेको र तलब पनि उपलब्ध नगराएको भन्दै तलब उपलब्ध गराउन माग गरेका थिए । मेयर बालेनले संघीय सरकारलाई गुरागाईँको सट्टामा नयाँ प्रमुख प्रशासकीय अधिकारी पठाइदिन अनुरोध गरिरहेको छ भने संघीय सरकार नयाँ प्रमुख प्रशासकीय अधिर्कत पठाउन तयार नभएको देखिन्छ ।

 

दुई राजनीतिक पक्षबीचको विवादले कामनपाका कर्मचारीहरुले तलब सुविधा पाएका छैनन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology