Ad Image

देशभरका विद्यालयमा आजदेखि अनिश्चितकालीन आमहड्ताल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744001571.jpg

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ । महासंघले आइतबार विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको थियो । 

 

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने माग गर्दै गत बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन छन् । आफूहरुको माग सुनुवाइ नभएको भन्दै महासंघले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो ।

 

विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासंघको माग छ ।

 

हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई संघीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ । 

 

हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासंघले शिक्षकहरूलाई निर्देशन दिइएको छ ।