Ad Image

बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न भन्दै राप्रपाले आफैं गर्यो सरसफाई

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744110805.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आज कार्यक्रम सकेर आफैंले सरसफाई गरेको छ । राप्रपाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम सकेसँगै पानीका बोतल, प्लाष्टिक लगायतका फोहोर संकलन गर्ने र कार्यक्रम स्थानमा झाडु लगाउने काम गरेका हुन् ।

 

 

सरसफाईका लागि कार्यक्रम सञ्चालकले सुरुदेखि नै पटक पटक आग्रह गर्दै आएका थिए । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई लक्षित गर्दै भने, ‘कोही चिठ्ठी काट्न तयार भएर बसेका छन्, त्यो मौका नदिन आग्रह गर्छु । 

 

त्यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर साह काठमाडौंमा कार्यक्रम भयो कि पत्र काट्न हतार गर्ने गरेको आरोप लगाउँदै धेरै हिरो भएर पत्र नकाट्न आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्तालाई आफैं सफा गर्न समेत आग्रह गरेका छन् ।