अछामको जयगढ बजारमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी

अछाम । अछामको बजारमा भीषण आगलागी भएको छ । बान्निगढी जयगढ गाउँपालिका– ३ मा रहेको जयगढ बजारमा साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिए पनि सफल नभएको अछामका प्रमुख प्रहरी डीएसपी ईश्वरी भण्डारीले बताए । अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन प्रयास भइरहेको छ । आगलागीमा परी अहिलेसम्म १० वटा पसल जलेको प्रहरीले जनाएको छ ।