Ad Image

सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट १७ वर्षीया किशोरीको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744352681.jpg

सर्लाही । सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । शुक्रबार बाँके–सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री किशोरीको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१३ श्रीनगरकी १७ वर्षीया अञ्जली महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अञ्जली महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार साइकलको पछाडि बसेकी १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।

 

घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्नाउ राईले बताए । प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका–१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।