मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

उपाध्यक्ष

पुरातात्विक संरचना

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

मध्यपुर थिमि नगरपालिका

जनकपुरधाम उपमहानगरपालिकामा निर्माण गरिएको धर्मशाला भवनको उद्घाटन

Mayorsap

शनि, चैत ३०, २०८१ | १७:५१ बजे

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा निर्माण गरिएको धर्मशाला भवनको उद्घाटन गरिएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामले निर्माण गरेको भवनको आज (शनिबार) उद्घाटन गरेका हुन् ।


 

हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गरेका छन् । २२ कट्ठा जमिनमा २० करोडको लागतमा पाँचतलाको भवन निर्माण गरिएको छ ।

 

नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर र पार्किङको समेत व्यवस्था गरिएको छ ।

 

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा ख्याति प्राप्त तथा सीता माताको जन्मभूमिस्थल जनकपुरधामको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण बढाउनुपन सबैलाई आग्रह गरे । साथै उनले जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्ने किसिमको वातावरण बनाउन पनि अपिल गरे ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology