Ad Image

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744462610.PNG

काठमाडौं।  काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो । आगो निभाउन पाँच वटा दमकल पुगेपनि नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।

 

आगलागीको रफ्तार अत्यधिक भएका कारण सामान्य दमकलबाट नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक प्रज्ज्वलनशील आगो नियन्त्रण गर्ने दमकल बालाजु गएको प्रहरीले जनाएको छ । 

 

प्लाष्टिक कारखानामा केमिकलयुक्त पदार्थ बढी भएका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ ।  अहिले आगो निभाउने प्रयास भइरहेको छ ।