आइपीएलः राजस्थानले दियो बैंग्लौरलाई १७४ रनको लक्ष्य


काठमाडौं । आइपीएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ । आरसीबीले जयपुरको सवाई मानसिंह स्टेडियममा पहिला बलिङ रोजेको थियो। आरआरले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए ।
बेंगलुरुले ११ ओभरमा १ विकेट गुमाएर १०६ रन बनाएको छ । विराट कोहली र देवदत्त पडिक्कल क्रिजमा छन् । फिल साल्ट ६५ रन बनाएर आउट भएका उनलाई कुमार कार्तिकेयले क्याच लिएका हुन् ।