Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नयाँ वर्षमा मन्त्री भण्डारीको प्रतिबद्धता, ‘दश वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्छौं’

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३० गते ११:३१
Image of storage/news/1744609601.jpg

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले आगामी दश वर्षभित्र नेपालीले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भण्डारीले नव वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै आगामी दश वर्ष भित्रै बाध्यकारी तवरले नेपाली वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन् ।

 

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको श्रम तथा रोजगारलाई क्रमश: सुधार गर्दै आगामी दश वर्ष भित्रै नेपाली वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यकारी अवस्थालाई हटाउन नेपाल सरकार कतिबद्ध छ ।’

 

मन्त्री भण्डारीले गत फागुनमा सम्पन्न श्रम तथा रोजगार सम्मेलन, २०८१ को घोषणा लगायत आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने “आन्तरिक रोजगार प्रवर्द्धन दशक” को रणनीतिक कार्ययोजनालाई थप प्रभावकारी र नतिजामूलक तवरबाट कार्यान्वयन गरिने समेत दाबी गरेका छन्।


 

त्यसैगरी, नयाँ वर्ष २०८२ देखि नै आर्थिक विकासमा योगदान गर्ने, सेवा प्रवाहमा सुधार गर्ने लगायत रोजगारयोग्य वातावरण सिर्जना गर्न मन्त्रालयले जिम्मेवारीपूर्वक कार्य गर्ने योजना रहेको श्रम मन्त्री भण्डारीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । 


Facebook Comments