Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गैरकानुनी रुपमा १० कट्ठा जग्गा लिएको भन्दै शेख हसिनाविरूद्द पक्राउ पुर्जी जारी

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३० गते ११:५३
Image of storage/news/1744610928.jpg

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको समस्या झन् झन् बढिरहेको छ । बंगलादेशको एक अदालतले आइतबार शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी टुलिप रिजवाना सिद्दिकीसहित अन्य ५० विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

 

राजनीतिक शक्तिको दुरुपयोग गरी गैरकानुनी रुपमा जग्गा अधिग्रहण गरेको अभियोगमा राजधानी ढाकाको एक अदालतले यी सबैविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यो आदेश पुरानो र संवेदनशील मुद्दामा आएको हो, जसले सरकार भित्र मात्रै हलचल मच्चाएको छैन, शेख हसिनाका विपक्षीहरूलाई नयाँ राजनीतिक हतियार पनि दिएको छ।


 

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएको तीनवटा छुट्टै आरोप पत्रहरूको संज्ञान लिएका हुन । अभियुक्तहरू अदालतमा अनुपस्थित भएका कारण पक्राउ पुर्जी जारी गर्नु परेको जनाइएको छ।

 

अदालतले पक्राउ आदेश कार्यान्वयनको प्रतिवेदन पुनरावलोकनका लागि अप्रिल २७ गते तोकेको छ । एसीसीले भर्खरै जग्गा बाँडफाँडमा भ्रष्टाचार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा ५३ जनाविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको ढाका ट्रिब्युनले जनाएको छ।

 

यसअघि यही अप्रिल १० मा सोही अदालतले शेख हसिना, उनकी छोरी साइमा वाजेद पुतुल र अन्य १६ जनाविरुद्ध राजउकको जग्गा बाँडफाँडमा भ्रष्टाचार गरेको छुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।


 


Facebook Comments