Ad Image

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744612527.PNG

चितवन । चितवन जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवानको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो । आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यस्तै रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ना४च ३३५५ नम्बरको जीप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन् । खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन् । घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको उनले बताए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।