Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३० गते १९:०५
Image of storage/news/1744636845.jpg

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रुपमा अशक्त, अपाङ्गता र हिँडडूल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई वितरण गर्ने गरी सामाजिक विकास कार्यालय मुस्ताङले आज अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

 

मुस्ताङको घरपझोङ गाउँपालिकाको केन्द्रमा जिल्लाका पाँचै वटा गाउँपालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए।

 

सामाजिक विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शारीरिक रुपमा हिँड्डुल गर्न नसक्ने व्यक्तिहरुको सुविधाका लागि चार प्रकारका अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख सापकोटाले बताए । 

 

सामाजिक विकास कार्यालयले पाँचै स्थानीय तहलाई फोल्डिङ लौरी, इअर सेट, ह्वील चेयर र चर्पी चेयर हस्तान्तरण गरेको जनाएको छ ।  कार्यालयबाट घरपझोङले फोल्डिङ लौरी ३७ थान, ‘इअर सेट’ सात थान, ह्वील चियर पाँच थान र चर्पी चियर आठ थान प्राप्त गरेको छ । थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ । 

 

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, ईअर सेट तीन थान, ह्वील चियर दुई र चर्पी चियर दुई थान प्राप्त गरेको छ । यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वील चियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको हो ।

 

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ र सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटालगायतले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् । 


Facebook Comments