Ad Image

विमानस्थलबाट सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744703289.jpg

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब सात किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ किलो ९७० ग्राम गाँजासहित २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयनलाई पक्राउ गरेको हो ।

 

थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए । भिजयनलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ ।