लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा दुई दिन जातीय भेषभूषा लगाउने


उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सम्पन्न कार्यपालिकाको बैठकले वैशाखदेखि लागू हुनेगरी हप्तामा दुई दिन जातीय भेषभूषा लगाउनुपर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय भेषभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरेको पालिकाले जनाएको छ ।
पालिकाका अनुसार गाउँपालिका भित्रका जाति, भेषभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको हो । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेका छन् ।