उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, गगन थापा अनुपस्थित
Mayorsap
बुध, बैशाख ३, २०८२ | २१:१३ बजे

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले र कांग्रेसका नेताहरु उपस्थित छन् ।
बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भइरहेको बताइएको छ । सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् । त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।