मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

जोगराज चौधरी

विराटनगर महानगरपालिका

शिक्षक

अनुगमन

विद्यालय

सत्ता गठबन्धनमा कुनै समस्या छैन, बाहिर आएका कुरा असत्य हो : गृहमन्त्री लेखक

Mayorsap

बुध, बैशाख ३, २०८२ | २१:५६ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए ।

 

‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने उनले जानकारी दिए । शिक्षकको आन्दोलनबारे लेखकले आउने अधिवेशनबाट शिक्षा विधेयक टुंग्याइने दाबी गरे ।

 

‘यो अधिवेशन त्यो विधेयक पारित गर्ने गरी बोलाइएको हो । शिक्षकरूले त्यहीअनुसार लिनुपर्छ’, उनले भने, ‘मन्त्रिपरिषद् बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप संवाद पनि गरिरहेका छौं ।’

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology