ललितपुर र झापाको खेल बराबरीमा सकियो
Mayorsap
बुध, बैशाख ३, २०८२ | २२:२८ बजे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन् । यस खेलसँगै ६ खेलमा १२ अङ्क जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहीन बनेको झापाले समान खेलबाट पाँच अङ्कका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ५४ औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो । त्यसपछि खेल ६५ औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए । भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।