Ad Image

एन्फाका पूर्वअध्यक्ष गणेश थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744875386.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा भएको छ ।


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको थापाले बिहीबार आफै विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।


सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।


‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।


उनलाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । थापाले २०१५ अप्रिलमा प्रतिबन्ध सुरु भएको बताए पनि फिफाले सन् २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा १० वर्षको प्रतिबन्ध लगाएको थियो ।


थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिले ठहर गर्दै उनलाई १० वर्षे प्रतिबन्ध लगाउनुका साथै थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।


नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी देखि पूर्वकप्तान समेत रहेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।