मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

साँगुरीगढी गाउँपालिका

मध्यपुर थिमि नगरपालिका

किसान

संस्कृति

सूर्योदय नगरपालिका

केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : आरजु राणा

Mayorsap

बिही, बैशाख ४, २०८२ | २१:१८ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् । 

 

डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन् । 

 

“गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ । सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा राणाले भनिन्, “नेपालमा केही पनि भएन । अब यो देशमा बसेर के काम ? भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन् । नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ । नेपालमा सुधार भएको छ ।”

 

आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology