ललितपुरको गोदावरी नगरपालिका–१ बालमैत्री वडा घोषणा
‘सम्मानित बालापन–सुनिश्चित बाल अधिकारः बालमैत्री तथा समुन्नत गोदावरीका आधार’
Mayorsap
बिही, बैशाख ४, २०८२ | २२:०० बजे

ललितपुर । गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ‘सम्मानित बालापन–सुनिश्चित बाल अधिकारः बालमैत्री तथा समुन्नत गोदावरीका आधार’ भन्ने मूल नाराका साथ आज उक्त वडालाई बालमैत्री घोषणा गरिएको हो ।
‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ले तय गरेको ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा गरिएको गोदावरी नगरपालिका–१ का वडा सचिव शालिग्राम गुरागाईँले जानकारी दिए ।
सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद उदय शमशेर राणा थिए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यसैवर्ष भित्र सबै वडालाई बालमैत्री बनाउने लक्ष्य लिएको बताए ।