मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

कमलबजार नगरपालिका

कीर्तिपुर नगरपालिका

पर्यटन

ऐरावती गाउँपालिका

आलु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

Mayorsap

शनि, बैशाख ६, २०८२ | ०७:५९ बजे

काठमाडौं । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५’ को उपाधि एक प्यालेस्टिनी बालकको तस्बिरलाई दिइएको छ, जसले गाजा युद्धको त्रासदीलाई संवेदनशील रूपमा बाहिर ल्याएको छ ।

 

यो इजरायली आक्रमणमा दुवै हात गुमाएका ९ वर्षीय प्यालेस्टिनी बालक महमूद अज्जुरको तस्बिर हो। यो तस्बिर हाल कतारको दोहा सहरमा बस्दै आएकी गाजाका फोटो पत्रकार समर अबु अलुफले खिचेकी हुन् । समरले यो फोटो जुन २०२४ मा खिचेका थिए, जब उनी र महमूद दोहाको एउटै अपार्टमेन्ट कम्प्लेक्समा बसिरहेका थिए। महमुदलाई उपचारका लागि परिवारसहित त्यहाँ ल्याइएको थियो ।

 
को हुन्  फोटोग्राफर समर’ ?

तस्बिरमा देखिएका बालकको नाम महमूद अज्जूर हो । उनको काँधभन्दा तलका दुवै हात छैन । उनले शान्त आँखाले क्यामेरालाई हेरिरहेका छन्,  यो तस्बिर न्यूयोर्क टाइम्सका लागि लिइएको हो र मार्च २०२४ मा गाजा शहरमा भएको आक्रमण पछिको हो।

 

समर अबु अलौफ एक स्व–विवेकले बनेका फोटो पत्रकार हुन्, जसको अर्थ उनले फोटोग्राफीमा कुनै औपचारिक प्रशिक्षण लिएकी छैनन् । सन् २०१० देखि हालसम्म उनले गाजाका हरेक प्रमुख समाचारलाई कभर गरिरहेकी छिन् । चाहे त्यो संघर्षको कथा होस् वा आम जनताको जीवन । सन २०२१ मा इजरायल–गाजा युद्धको क्रममा उनले न्यूयोर्क टाइम्सका लागि काम गर्न थालिन । त्यसबेलादेखि आजसम्म उनले युद्धका धेरै तस्विरहरू विश्वमा पठाइरहेकी छिन् ।

 

यस अघि पनि उनले अवार्ड जितिसकेकी छन् । सन २०२३ मा उनले पोल्क अवार्ड जितिन्, जसमा उनको एउटा तस्बिर निकै लोकप्रिय भयो । त्यो तस्बिरमा विद्यालयमा केही बालबालिका टाउको उठाएर आकाशतिर हेरिरहेका थिए, माथिबाट बम खसेको देखिन्थ्यो । सन २०२४ मा उनले ‘एन्जा निडरिंगहस साहसी फोटो जर्नालिज्म अवार्ड’ प्राप्त गरिन, जसमा उनले १२ फोटोहरूको श्रृंखलामा युद्धमा महिला र बालबालिकाको अवस्था देखाएकी थिइन् ।

 

सन २०१९ मा उनले मिडल ईस्ट आईको लागि पनि काम गरिन्, जहाँ उनले बाल मृत्यु मात्र नभई गाजाको सामाजिक आर्थिक समस्याहरू पनि दस्तावेज गरेकी थिइन । समरले २०१६ मा एक अन्तर्वार्तामा गाजामा यो काम सुरु गर्न निकै गाह्रो भएको बताएका थिइन । त्यो बेला न जनताले हौसला दिए, न कसैले वास्ता गरेका थिए  तर आज उनका तस्विरहरू विश्वका ठूला पत्रिकाका पानामा छापिरहेका छन् । र अहिले महमूदको तस्बिरमार्फत समरले अवार्ड मात्रै नभई सारा विश्वलाई युद्धको पीडा पनि देखाएकी छिन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology