Ad Image

बुटवलमा युवतीमाथि गोली प्रहार

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1745040725.jpg

रुपन्देही । बुटवल उप-महानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । रैनादेवी छहरा घर भई हाल बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

 

उनको कम्मर माथि गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

 

विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै खुलेको छैन । घटना बारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।