Ad Image

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कार्बाही गर्ने गृह मन्त्रालयको चेतावनी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745075136.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) निषेधित क्षेत्र तोडेर बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्न लागेपछि गृहमन्त्रालयले चेतावनी दिएको छ । गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।

 

गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुने गृहले भनेको छ । साथै गृहले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी  क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।