Ad Image

हाजिर जमानीमा छुटे धवलशमशेर जबरा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745168856.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् । क्यान्सर बिरामी जबराको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीले जनाएको छ । उनलाई बोलाएको बेला उपस्थित हुने गरी आज हाजिर जमानीमा रिहा गरिएको हो । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए ।