Ad Image

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745253374.jpg

काठमाडौं । एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । ​​​​​​​एनआरएनए उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो । 

 

समितिले एकता महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि निर्वाचित समिति समेत गठन भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउनका लागि संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समिति समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रबिना थापाले जानकारी दिइन् । 

 

एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरूको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको र १६ हजार भन्दा बढीले सदस्यताका लागि आवेदन दिएको उनले बताइन् । लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सर्वोच्च अदालतको परमादेश अनुसार प्राप्त भएपछि शेष घलेको अध्यक्षतामा एनआरएनए उच्चस्तरीय समिति गठन गरिएको थियो । 

 

समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन गर्ने मिति तय गरेको हो । एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको समितिले जनाएको छ ।