Ad Image

नेपाल सरकारको उपसचिव भन्दै ठगी गर्ने महिला पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745326816.jpg

काठमाडौं । नेपाल सरकारको उपसचिव भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । दैलेख घर भई ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।


उनले विभिन्न व्यक्तिलाई आफू कानून मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार न्यौपानेले विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाइदिने भन्दै ७ लाख ६० हजार भन्दा बढी रकम ठगेकी छन् । त्यसैगरी अन्य केही व्यक्तिलाई समेत अनुदान र ठेक्का मिलाउने भन्दै ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कार्बाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको छ ।