पूर्व प्रहरी महानिरीक्षक दुर्लभ थापाको निधन


काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ । थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आइजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो । प्रहरी महानिरीक्षक दीपक थापाले उनको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।