सुनको मूल्यमा भारी गिरावट, तोलामा साढे ७ हजार रुपैयाँले घट्यो


काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार भने घटेको हो ।
यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा झरेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला सात हजार पाँच सय रुपैयाँ घटेको हो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।