Ad Image

आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने सरकारको तयारी

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745398420.jpg

काठमाडौँ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ । सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो ।


एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरी तयारी भएको बताए । उनका अनुसार विगतको भन्दा अलि फरक ढङ्गले बजेटको तयारी भएको बताए ।


‘विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा जान्थ्यौँ तर अहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्छौँ’, बर्तौलाको भनाइ छ ।  बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ ।