शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सोमबार माधव नेपाल बिजुलीबजार जाने


काठमाडौं । शिक्षकहरूको आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन भोलि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाने भएका छन् । अध्यक्ष नेपालको नेतृत्वमा भोलि दिउँसो बिजुलीबजार जाने भएको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाले सामाजिक सन्जालमा लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याई ,अपमान र दमनको विरोध भोलि वैशाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष्य क. माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौ ।’
आइतबार शिक्षकहरूको आन्दोलनमा शिक्षकहरू र प्रहरीबीच झडप भएको थियो। झडप भएपछि प्रहरीले पानीको फोहोरा प्रहार गरिएको थियो। जसमा एक जना पत्रकारसहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ।