Ad Image

सरकारी वकिलको कार्यालयबाट हतकडीसहित अभियुक्त फरार

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745770372.jpg

सुदूरपश्चिम । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन् ।  मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन् ।
 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताए । निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो ।