Ad Image

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745802440.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०, २०८०/८१ पेश गर्नेछ्न् । उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।