Ad Image

सत्तारूढ दलहरुको बैठक बस्दै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745976307.jpg

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागेपछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।