Ad Image

सुन तोलामा सात सयले घट्यो

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745990358.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ७०० ले घटेको छ ।


मङ्गलबार प्रतितोला रु. एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।  
    

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।