Ad Image

अघिल्लो पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ, रेशमलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो अर्काे पत्र

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746009890.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।


शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले बताए ।


रेशम चौधरीलाई भने थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।


जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।