Ad Image

चीनले एक पाकिस्तानी वैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746069013.jpg

बेइजिङ । चीनले पाकिस्तानका एक वैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणमा छनोट गरेको चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ । 

 

चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन । 

 

गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेसनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।