Ad Image

स्वास्थ्य बीमामा नयाँ व्यवस्था, अब आफू बसेकै स्थानबाट सेवा पाउने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746077424.jpg

काठमाडौं । आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ ।

 

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा सेवा लिन सक्ने भएका हुन् ।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिना भित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्ने थियो ।