'एभरेष्ट'सँग सगरमाथाको कुनै लिनदिनु छैन, यो नक्कली नाम हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा शिखरको अर्को नाम नरहेको बताएका छन् । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली नाम भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले एभरेष्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । उनले नेपालीले यसलाई सगरमाथा नै भन्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले भने, ‘एभरेष्टसँग मगरमाथाको कुनै लिनदिनु छैन । त्यसकारण यो नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नुपर्छ । प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’
माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम एक ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्तिको नामबाट राखिएको प्रधानमन्त्रीले बताए । एभरेष्ट नामका ती व्यक्तिले ल्होत्से हिमाललाई अग्लो छ भनेर हिसाब निकालेको एभरेष्टसँग सगरमाथाको सम्बन्ध नभएको प्रधानमन्त्रीको दाबी छ ।