शिक्षक कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ। परिषद्को आज बसेको आकस्मिक बैठकले आजै साँझ आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बुधबार नेपाल सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा परिषदले आज विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ । परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाएको हो ।
परिषद्ले थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गर्ने चेतावनी समेत दिएको थियो । बैठक सकिएपछि आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने परिषदले जनाएको छ ।